• Thursday 8th of October 2026

यात्रुवाहक बस खोँचमा खस्दा १५ जनाको मृत्यु, १९ घाइते


  • धनकुटा खबर
  • .

ग्वाटेमाला । मध्य अमेरिकी मुलुक ग्वाटेमालाको पश्चिमी क्षेत्रमा शनिबार एउटा यात्रुवाहक बस खोँचमा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ। इन्टर–अमेरिकन राजमार्गमा भएको उक्त दुर्घटनामा परी अन्य १९ जना घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेहरूमा ११ पुरुष, तीन महिला र एक नाबालक रहेका छन्। दुर्घटना ग्वाटेमालाको सोलोला विभाग अन्तर्गत किलोमिटर १७२ र १७४ को बिचमा भएको हो। यो क्षेत्र अत्यधिक बाक्लो कुहिरो लाग्ने र कम भिजिविलिटीका कारण सवारी चालकहरूका लागि चुनौतीपूर्ण मानिन्छ।

दुर्घटनालगत्तै उद्धारमा खटिएका अग्नि नियन्त्रकहरूले घाइतेहरूलाई उद्धार गरी नजिकैका अस्पतालहरूमा पुर्‍याएका छन्। स्थानीय अधिकारीहरूका अनुसार कुहिरोका कारण सडक नदेखिँदा बस अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

हाल घटनास्थलमा उद्धार कार्य सकिएको र घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖