• Thursday 8th of October 2026

पोर्चुगलमा एक नेपालीको निधन


  • धनकुटा खबर
  • .

वैदेशिक रोजगारी र बसोबासका सिलसिलामा लामो समयदेखि पोर्चुगलको राजधानी लिस्बनमा सपरिवार बस्दै आउनुभएका ४५ वर्षीय शिव प्रसाद पौडेलको असामयिक निधन भएको छ ।

नेपालमा बर्दिया जिल्ला स्थायी घर भएका पौडेलको निधनले पोर्चुगलस्थित नेपाली समुदाय शोकमा डुबेको छ । विगत लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि पौडेल नियमित उपचारको क्रममा हुनुहुन्थ्यो ।

बिरामी भएकै कारण उहाँलाई उपचारका लागि अस्पताल समेत लगिएको थियो र उहाँ निरन्तर स्वास्थ्य लाभको प्रयासमा हुनुहुन्थ्यो । तर, लामो समयदेखिको स्वास्थ्य सङ्घर्षका बाबजुद गत शनिबार बिहान ६:३० बजे उहाँको निधन भएको प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष दीपक खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖