बाघको आक्रमणबाट एक युवतीको ज्यान गएको छ ।
बर्दियाको मधुवन नगरपालिका वडा २ को जनजागृति सामुदायिक वनमा घाँस काट्न गएकी १७ बर्षिया विनिता परियारको बाघको आक्रमणबाट ज्यान गएको छ ।
विनिता परियार मधुवन २ धनौरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ११ अध्ययनरत रहेको बताइएको छ ।