• Thursday 8th of October 2026

एक्स ब्वाइफ्रेण्डको फ्ल्याटमा गर्लफ्रेण्डको शव


  • धनकुटा खबर
  • .

नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यादेखि बेपत्ता एक भारतीय युवती आफ्नै पहिलेका केटा साथीको निवासमा मृत अवस्थामा फेला परेकी छन्। अमेरिकी प्रहरीका अनुसार डिसेम्बर ३१ तारिखपछि सम्पर्कविहीन ती युवतीको शव मेरिल्याण्डस्थित ती केटा साथीको फ्ल्याटमा फेला परेको हो ।

युवतीका परिवारले खोजतलासका लागि प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको बताइएको छ । १७ वर्षे निकिता गोदिशाको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। होवार्ड काउन्टी प्रहरीले घटनालाई शंकास्पद ठान्दै अघि बढाएको अनुसन्धान पूर्व केटा साथीतर्फ सोझिएको छ ।

पोस्टमार्टम रिपोर्टपछि थप विवरण सार्वजनिक हुने प्रहरीले बताएको छ। यसबीचमा उनका पूर्व केटासाथी अमेरिकाबाट भारत आएको देखिएकाले घटनालाई थप रहस्यमय बनाइदिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖