• Thursday 8th of October 2026

ललितपुरबाट दुई दिन अघि हराएका इलामका एक पुरुषको शव इनारमा फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल नजिकै बाफलमा बोरामा प्याक गरेर इनारमा फालेको अवस्थामा पुरुषको शव भेटिएको छ ।

इलाम घर भएर ललितपुर महानगरपालिका–१७ स्थित प्रसिद्धि टोल बस्दै आएका गर्जमान थापाको शव भेटिएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।

८३ वर्षीय थापा पुस २६ मा देखि हराएको भन्दै परिवारले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएका थिए । खोजतलासको क्रममा बाफल भन्ने ठाउँमा इनारमा शव भेटिएको एसएसपी बोगटीले बताए । शव बोरामा पोको पारेर फालेको देखिएको छ । एसएसपी बोगटी भन्छन्, ‘हत्या गरेर इनारमा फालेको देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ ।’

हत्यामा संलग्न आशङ्कामा प्रहरीले सोधपुछको लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖