• Wednesday 7th of October 2026

दाङको मुसोटमा यात्रुबहाक बस दुर्घटना


  • धनकुटा खबर
  • .

कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस लमही–घोराही सडक खण्ड अन्तर्गत मुसोट नजिक चिसापानी क्षेत्रमा दुर्घटना भएको छ ।

दुर्घटनामा परेका यात्रुहरू घाइते भएको र सबै घाइतेलाई उपचारका लागि घोराही पठाइएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

घाइतेहरूको अवस्था तथा दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖