• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

सिलिगुडीका प्रख्यात न्युरोसर्जन डा. डब्लु. एच. चाङको निधन


  • धनकुटा खबर
  • .

सिलिगुडी । उत्तर बङ्गालको स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका प्रख्यात न्युरोसर्जन तथा डा. चाङ्स सुपर स्पेशालिटी हस्पिटलका संस्थापक डा. डब्लु. एच. चाङको ८२ वर्षको उमेरमा निधन भएको छ।

माटिगाडास्थित डा. चाङले स्थापना गरेको सुपर स्पेशालिटी हस्पिटल उत्तर बङ्गाल, दार्जिलिङ, कालिम्पोङ, डुवर्स, सिक्किम तथा नेपालका सीमावर्ती जिल्लाका बिरामीका लागि भरोसायोग्य स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको थियो।

विशेषगरी मस्तिष्क तथा मेरुदण्डसम्बन्धी जटिल शल्यक्रियामा डा. चाङको विशेष पहिचान थियो। उनको उपचारबाट लाभान्वित भएका धेरै बिरामी तथा परिवारले उनलाई उच्च सम्मानका साथ सम्झिने गरेका छन्।

डा. चाङको निधनसँगै उत्तर बङ्गालसहित नेपालका सीमावर्ती क्षेत्रका हजारौँ बिरामीले अनुभवी चिकित्सक गुमाएका छन्। उनको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖