• Thursday 22nd of October 2026

विश्वकप क्वालिफायर प्ले-अफका कारण नेपाल र भारत ‘ए’ बिचको शृङ्खलाको मिति परिवर्तन हुने


  • धनकुटा खबर
  • .

काठमाडौं। आगामी डिसेम्बरमा तय भएको नेपाल र भारत ‘ए’ बिचको क्रिकेट शृङ्खलाको पूर्वतालिका परिवर्तन हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक सूचना जारी गर्दै उक्त शृङ्खलाको नयाँ तालिका छिट्टै तय गरिने जानकारी दिएको हो ।

यसअघि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ तारिखमा क्रिकेट शृङ्खला आयोजना गर्ने तालिका निर्धारण गरिएको थियो ।

तर, सोही अवधिमा ‘आइसिसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ’ प्रतियोगिता नेपालमै आयोजना हुने निश्चित भएपछि भारत ‘ए’ सँगको शृङ्खला प्रभावित भएको हो । नेपालमा आगामी डिसेम्बर ४ देखि २१ सम्म क्वालिफायर प्ले–अफका खेलहरू सञ्चालन हुँदैछन्।

Laxmi sunrise bank
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार अब भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबिचको आपसी समन्वय तथा सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरिनेछ । मिति तय भएपछि नयाँ खेल तालिका औपचारिक रूपमा सार्वजनिक गरिने क्यानले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖