• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

काँग्रेस युवा नेता कोइरालाको हृदयाघातबाट निधन


  • धनकुटा खबर
  • .

पोखराका नेपाली कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाको असामयिक निधन भएको छ । पोखरा वडा नंं ४ निवासी कोइरालाको हृदयाघातको कारण निधन भएको परिवार श्रोतले जनाएको छ ।

४८ वर्षका कोइरालालाई अचानक हृदयाघात भएपछि गैह्रापाटन स्थित फिस्टेल हस्पिटल लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान सवा ८ बजेतिर निधन भएका हो ।

परिवारका तीन दाजुभाइमा माइला रहेका कोइरालाका आमा, चार दिदीबहिनी, श्रीमती र एउटा छोरा छन् । उनको आजै अन्त्येष्टि गरिने तयारी गरिएको छ ।

नेपाली कांग्रेका, कास्की क्षेत्र नं. १ का सचिव सरोज केसीले कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कोइरालाले लोकतान्त्रिक आन्दोलनमा गरेको त्याग, समर्पण र भूमिका चिरस्मरणीय रहेको केसीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖