• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कुलेश्वरको गोदाममा भएको आगलागी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । शनिबार काठमाडौँको कुलेश्वरमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं.१४, कुलेश्वरस्थित विभिन्न सामग्री भण्डारण गरी राखिएका तीन वटा गोदामहरूमा आगलागी भएको थियो ।

खबर प्राप्त हुनासाथ बिहान करिब साढे ३ बजेदेखि परिचालित नेपाली सेनाको फायर फाइटिङ्ग टोलीले अन्य निकायहरू तथा स्थानीयको सहयोग र वारुणयन्त्रको समेत प्रयोग गरी आगलागी नियन्त्रणमा लिएको हो ।

आगलागीबाट भएको क्षति विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖