• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मलामी लिएर गएको बस गैँडाकोटमा दुर्घटना, ८ घाइते


  • धनकुटा खबर
  • .

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाबाट मलामी लिएर गएको बस गैँडाकोटमा गए राती दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

देवघाट मलामी लिएर गएको लु १ ख ८८४६ नम्बरको बस भुस बोकेको ट्रकसँग ठोक्किएको हो ।

गैँडाकोटको जयश्री पुल नजिकै पश्चिम तर्फ आउँदै गरेको ना ३ ख ३८६७ नम्बरको ट्रकसँग ठोक्किएको हो ।

दुर्घटनामा बसमा सवार रुपन्देही कञ्चन गाउँपालिका ३ का धनप्रसाद निउरे, टिकादेवी गौतम, धनपति सापकोटा, युवराज शर्मा लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

घाइते मध्ये १ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने २ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ५ जना भने सामान्य उपचारपछि घर फिर्ता भएको चितवन मेडिकल कलेजले जनाएको छ।

कञ्चनबाट नेपाली कांग्रेसका नेता तथा साबिक रुद्रपुर गाविसका तत्कालीन सभापति देवी प्रसाद पौडेलको अन्त्येष्टिका लागि देवघाटतर्फ लगिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖