• Monday 5th of October 2026

कफी : हृदयघात, मस्तिष्कघात, मधुमेह र संक्रमणको जोखिममा उपयोगी


  • धनकुटा खबर
  • .

एजेन्सी । कफी हामीले दिनहुँ सेवन गर्ने पेय पदार्थ हो । जाडो होस या गर्मी याम, दुबै समयमा हामीले कफी अलि बढी नै पिउने गर्छौं। हामी कसैको घरमा पाउन बनेर गयौं भने, सुरुमै सोधिन्छ, चिया पिउने कि कफी ?

कफीमा ‘क्याफिन’ हुन्छ । क्याफिन धेरै भयो भने शरीरलाई बेफाइदा गर्छ भने ठिक्क हुँदा फाइदा। प्रत्येक दिन बिहान १ कप कफी पिउनाले शरीरमा दिनभरि स्फुर्ती आउनुका साथै यसमा हुने एन्टिअक्सिडेन्टले शारीरिक तथा मानसिक तनावलाई कम गर्छ । मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशील तुल्याउँछ।

नियमित कफी पिउनाले शरीरमा गर्मीपन बढाउँछ । नियमित कफी सेवनले बोसो तथा मोटोपन घटाउन समेत कम गर्छ। कफीमा पाइने एन्टिअक्सिडेन्टले मुटुलाई जोगाउन मद्दत गर्छ र हृदयरोग तथा क्यान्सरबाट पनि मानिसलाई सुरक्षित राख्न सहयोग गर्छ।

कालो कफी पिउनु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। कालो कफीलाई कलेजोका लागि राम्रो मानिन्छ। तर, दूधकफीले ग्यास्ट्रिक बढाउन मद्दत गर्छ, हार्ट बर्न र एसिडिटी बढाउँछ।
यदि कफी सही तरिकाले खायो भने मुटुरोगीलाई फाइदा पुग्छ ।

कलेजोरोग र मधुमेहका बिरामीलाई पनि कफीबाट फाइदा पुग्छ। ठिक्क मात्रामा कफी पिउनाले हृदयघात, मस्तिष्कघात, मधुमेह र संक्रमणको जोखिम न्यून गराउँछ। रातिमा पढ्ने मानिसले निद्रा लागेका बेला कफी खायो भने निद्रा हराउँछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖