• Saturday 17th of October 2026

पाण्डे जिउँदै, जनचेतना फैलाउन स्टन्ट गरेको खुलासा,सबैसँग माफी पनि मागेकी छिन्


  • धनकुटा खबर
  • .

काठमाडौँ । मृत भनिएकी पुनम पाण्डे जिउँदै छिन् । अभिनेत्रीले शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी हुन् ।

क्यान्सरसम्बन्धी जनचेतना फैलाउन यो पब्लिसिटी स्टन्ट गरेको पुनमले बताइन् । अर्को भिडियो सेयर गर्दै पुनमले सबैसँग माफी पनि मागेकी छिन् ।

पुनमले भोलि अर्थात आइतबार बिहान १० बजे लाइभ आएर यो जानकारी दिन चाहन्थिन् तर उनको निधनको खबरले मानिसहरु आक्रोशित र अन्योलमा परेको देखेर उनले आज नै भिडियो शेयर गर्ने निर्णय गरेकी हुन् । स्रोतका अनुसार अभिनेत्री हाल लोनावलामा छिन् ।

यस भिडियोमा पुनमले भनिन्, ‘म जिउँदै छु । पाठेघरको मुखको क्यान्सरले गर्दा म मरेको होइन । दुर्भाग्यवश, पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएका अन्य महिलाहरूको बारेमा पनि म यसो भन्न सक्दिन। म यहाँ के भन्न चाहन्छु भने पाठेघरको मुखको क्यान्सर अरू क्यान्सरजस्तो होइन । यो रोक्न सकिन्छ। तपाईंले आफ्नो परीक्षण गर्नु र HPV खोप लिनु पर्छ। हामी यो सबै गर्न सक्छौँ ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस्।’

यसअघि शुक्रबार बिहान ३२ वर्षीया मोडल तथा अभिनेत्री पुनम पाण्डेको मृत्युको खबरले सिंगो उद्योगमा सनसनी फैलाएको थियो । पुनमको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ । उनको टोलीले नै मृत्युको जानकारी दिए पनि ठोस जानकारी दिन सकेनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖