• Saturday 17th of October 2026

आदिवासी ज्ञानसम्बन्धी योङ इन्डिजिनिष्ट लिगको ३ दिने प्रशिक्षण सम्पन्न


  • धनकुटा खबर
  • .

काठमाडौं। आदिवासी राजनितिक ज्ञान सम्वन्धि योङ इन्डिजिनिष्ट लिगको तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

जिल्लाको शंखरापुर जरशिङ्पौवा स्थित समान नेपाल र योङ इन्डिजिनिष्ट लिगले फागुन ७ देखि ९ सम्म आदीवासीहरुको थातथलो जमिन, जल र जङ्गल अतिक्रमण विरुद्धको आभियानलाई सघर्षमा लैजाने उद्देश्यका साथ तीनदिने आदीवासी राजनितिक ज्ञान सम्वन्धि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

प्रशिक्षणमा विशेषगरी तामाङ र च्योवाङ समुदायका युवाहरुका सहभागिता रहेकाे थियो भने अन्य राई,लिम्बु ,थारु र नेवार समुदायका युवाहरुको पनि बाक्लो उपस्थिती थियो। प्रमुख प्रशिक्षकको भूमिकामा राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तानले प्रशिक्षण दिएका हुन्।

यसैगरी अन्य प्रशिक्षकहरुमा समान नेपालका प्रवक्ता आरके तामाङ,योङ इन्डिजिनिष्ट लिगका सव कमाण्डर काङ्सोरे र तामाङ राष्ट्रिय बाहिनीका इन्चार्ज खाङ्डोले पनि प्रशिक्षण दिएका थिए।

प्रशिक्षणको पहिलो दिनमा उनीहरुलाई जल जमिन र आदीवासीहरुको जीवन र जगत त्यसैगरी , आदीवासीहरुको ईतिहास वारे प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणको दोस्रो दिनमा आदीवासी युवाहरुको राजनितिक भविष्य, अर्थनीति, ग्राम गणतन्त्रलाई अभ्यासमा लैजाने र विश्व आदिवासीहरुका इतिहास वारे प्रशिक्षण दिएका थिए।

प्रशिक्षणको अन्तिम दिनमा योङ इन्डिजिनिष्ट लिगका सव कमाण्डर र तामाङ राष्ट्रिय बाहिनीका इन्चार्ज खाङडोको संयोजकत्वमा तामाङ राष्ट्रिय बाहिनी केन्द्रीय कमाण्ड समिति, च्योवाङ राष्ट्रिय बाहिनी केन्द्रीय कमाण्ड समिति र थारु राष्ट्रिय बाहिनी केन्द्रीय कमाण्ड समिति गठन गरिएको छ।

प्रशिक्षणमा सहभागी युवाहरुलाई समुहगत छलफल गराई उनीहरुबाट समुदाय भित्रका विभिन्न समस्याहरु संकलन गरिएको थियो। उक्त समस्यामाथि वृहत छलफल गरी कारबाही तथा हस्तक्षेपका क्षेत्रहरु तोकिएका छन्।

जसअनुसार भूमाफिया, जल माफिया, जंगल माफिया, मानव तस्कर,गैरकानुनी व्यापार, भ्रष्टाचारी, घुषखोरी , कमिसनखोरी, भ्रष्ट निर्माण व्यावसायी, ठेकेदार, भ्रष्ट औधौगिक प्रतिष्ठान, भ्रष्ट सेवाप्रदायक व्यावसाय र भ्रष्ट स्थानीय सरकारलाई कारबाही तथा हस्तक्षेपको क्षेत्र तोकिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖