• Saturday 17th of October 2026

प्रचण्डकी नातिनी र देउवाका छोराको बिवाह भड्किलो भएको भन्दै अमरेशको आक्रोश


  • धनकुटा खबर
  • .

काठमाडौं,११ फागुन । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले कानूनको धज्जी उडाउँदै प्रधानमन्त्री र राज्यका सर्वोच्च निकायमा पुगिसकेका व्यक्तिले सामाजिक मर्यादा उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोराको बिवाह भड्किलो भएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । उनले कानूनले ५१ जनाभन्दा धेरैलाई बोलाउन नपाईने भनिएपछि देउवा र प्रचण्डले हजारौंलाई विहे भोजमा बोलाएको बताए ।

राज्यव्यवस्था तथा सुशासन समितिले पनि यो विषय नउठाएको सांसद सिंहले गुनासो गरे । उनले सामाजिक सुधार व्यवस्था ऐन २०३३ मा दुलहा दुलहीको भोजमा आफन्त सहित ५१ जना भन्दा बढी सहभागी बन्न नपाउने व्यवस्था रहेको तर प्रधानमन्त्री प्रचण्डको नातिनी र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको छोराको बिहेमा आर्मी अफिर्स क्लबमा भएको बिहे भोजमा हजारौँ सहभागी भएको बताए । उनले तराई क्षेत्रमा बिहे भोज गर्नुपर्दा जनताहरू ऋण लिएर मिटरब्याजको पासोमा परेको बताउँदै ठुलाले नियम पालना नगर्दा समस्या भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले गत मंसिरमा नातिनी प्रतिभा पाठक (भरतपुर महानरकी मेयर रेणु दाहालकी छोरी) को बिवाह काठमाडौंको गोकर्ण रिसोर्टमा गरेका थिए भने कांग्रेस सभापति देउवाले माघ अन्तिम साता पुत्र जयवीरसिंहको बिवाह गरेका थिए । दुवै बिवाहमा राष्ट्रपतिदेखि राज्या उच्चपद्यस्थ व्यक्ति उपस्थित भएका थिए । उक्त बिवाह र विहेको भोजलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भईरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖