• Saturday 17th of October 2026

चन्द्र भण्डारीले एक वर्षपछि शुरू गरे आमाको किरिया


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले आमाको निधन भएको एक वर्षपछि किरिया शुरू गरेका छन् । पशुपतिस्थित कृयापुत्री कोठा नम्बर ११३ मा आमाको क्रिया बसेका हुन् ।

बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले भण्डारी किरिया बसेको तस्वीर सामाजिक सञ्जालमा राख्दै मृतक आमालाई श्रद्धान्जली दिएका छन् । ‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीज्यू तत्कालीन घटनामा गम्भीर घाइते हुदा उहाँकी माताको अकल्पनीय र दुखद् निधन भएको थियो । उक्त समयमा स्वास्थको कारणले आमाको क्रियामा बस्नसक्ने अवस्था थिएन,’ उनले लेखेका छन्, ‘यसैकारण अहिले उहाँ आमाको क्रियामा पशुपति कृयापुत्री भवन, रुम नम्बर ११३ मा हुनुहुन्छ ।’

गत फागुनमा ग्यास सिलिन्डर विस्फोट हुँदा उनकी आमा ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको थियो । विस्फोटमा चन्द्र भण्डारी पनि घाइते भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖