• Saturday 17th of October 2026

उपनिर्वाचन वैशाख दोस्रो साता हुने


  • धनकुटा खबर
  • .

वैशाखको १५ देखि २० गतेभित्र चुनाव गर्ने तयारी छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मिति आयोगले नै तोक्ने व्यवस्था छ । त्यसैले आयोगले दोस्रो साता तय गर्न लागेको हो । इलाम- २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ-१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो ।

संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो ।स्थानीय तहमा पनि दुई दर्जन स्थान खाली छन् । आयोगले नै मिति तय गर्ने अधिकार भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको चाहिँ चुनाव गरिहाल्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖