• Saturday 17th of October 2026

माओवादीको स्थायी कमिटी बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु हुनेछ ।

बैठकमा माओवादी रुपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नखटिएकाहरुलाई कारबाहीका साथै सम्मानित र कारबाहीमा परेका तीन÷तीन जनाको नाम सार्वजनिक गरिने बताइएको छ ।

साथै स्थायी कमिटी सदस्यहरुले उठाएको प्रश्नको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖