काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ ।
नेपालले आठौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको हो ।
गुलसनले पेभेलियन फर्किनुअघि १७ बलमा पाँच रन बनाए । गुलसनलाई आर्यन दत्तले साइब्रान्डद्वारा क्याच गराएका हुन् । आर्यन दत्तले लिएको यो तेस्रो विकेट हो ।
४२।२ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय ३५ रन बनाएको छ ।
