• Saturday 17th of October 2026

मन्त्री किराँतीलाई खतिवडाको प्रश्न: कार्यालय सफा गरेको भिडियो बनाउँदैमा क्रान्तिकारी हुने हो ?


  • धनकुटा खबर
  • .

काठमाडौं,१३ फागुन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवाडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती नेपाल एयरलाइन्सको सुधार गर्नभन्दा पनि कार्यालय सफा गरेको भिडियो बनाएर सस्तो लोकप्रियतमा लागेको टिप्पणी गरेका छन् ।

संसदको विशेष समयमा उनले भने, ‘मन्त्रीज्यू सुधार गर्न लागेको । झाडु र क्यामेराबाट फोटो खिचेर बाहिर ल्याउनुपर्छ ? सस्तो पपुलारिजम्का लागि, कार्यालय सफा गर्न टीभी लिएर गएर क्रान्तिकारी हुने हो ?’

सांसद अतिवडाले नेपाल वायुसेवा निगमको ट्विनअटर विमान खरिद प्रक्रियामा १८ करोड रुपैयाँ कमिसन खाने खेल भइरहेको आरोप पनि लगाएका छन् । पछिल्लो समय उत्पादन बन्द भएको विमान खरिद गरेर कमिसनको दाउमा केही व्यक्ति लागेको उनको भनाइ छ ।

“पर्यटनमन्त्री नयाँ जहाज किन्नुपर्छ भनेर लाग्नुभएको छ । नेपाल एयरलाइन्सलाई कहाँ पुर्‍याउने ? कुन अवस्थामा लाने हो ? यो बारेमा सोच्नुपर्ने बेला भइसकेको छ । ट्विनअटर क्यानडाबाट ल्याउने निर्यण गरिएको छ । निगम व्यवस्थापनले अहिले जहाज खरिद गर्ने अवस्था छैन, जहाज उत्पादन हुन छोडिसकेका छन् भन्दा पनि टेन्डर जारी गरिएको छ,” उनले भने, “‘रिपोर्ट अन क्वालिफाइड’ भनेर समितिले भनिसकेको छ । ३०० डी ल्याइँदै छ, जुन जहाज अहिले प्रोडक्सनमा छैनन् । यसलाई ल्याएर झन्डै १८ करोड रुपैयाँ कमिसन खाने खेलमा लागिएको सूचना प्राप्त भएका छन् ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖