• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेदरल्याण्डलाई नेपालले दियो १७३ रनको चुनौती


  • धनकुटा खबर
  • .

काठमाडौं– जारी आइसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय प्रतिस्पर्धाको आजको खेलमा नेपालले नेदरल्याण्डलाई १७३ रनको चुनौती दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाउन सफल भयो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए। त्यसपछि करण केसीले २६, आरिफ शैखले २२, आशिफ शैखले १७, कप्तान रोहित पौडेलले १६ रन बनाउने बाहेक अरु ब्याट्समेनले दोहोरो अंक जोड्न सकेनन्। अहिले नेदरल्याण्डले जवाफी ब्याटिङ गरिरहेको छ।

नामिबिया पनि सहभागि यो प्रतियोगितामा नामिबियाले आफ्ना चार खेल खेल्दा तीन खेलमा जितको नतिजा निकालेको थियो।

जारी सिरिजमा नेपालले नामिबियासँग दुवै खेलमा पराजय भोग्दा नेदरल्याण्डलाई भने पराजित गरेको थियो। नेदरल्याण्डले एक खेलमा नामबियालाई जित्दा अरु खेलमा भने पराजित भएको थियो।

आजको खेलमा नेदरल्याण्ड्स नेपालविरुद्ध जित निकाल्दै पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज अन्त्य गर्ने लक्ष्यमा हुँदा नेपाल भने नेदरल्याण्ड्सविरुद्ध लगातार दोस्रो जितको खोजीमा छ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म चार वटा एक दिवसीय क्रिकेट भएका छन्। जसमा दुवै टिमले समान दुई/दुई जित निकालेका छन्।

४ वर्षसम्म ८ टिमले लिग टूमा प्रतिस्पर्धा गर्ने र शीर्ष चार टिमले विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्ने छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖