• Saturday 17th of October 2026

केपी ओलीले किने चार हजार रुपैयाँ बराबरको अचार


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सांसद शान्ता चौधरीले बनाएको अचार किनेका छन् । ओलीले आइतबार चार हजार रुपैयाँ बराबरको टिमुर र लसुनको अचार किनेका हुन् ।

गत प्रतिनिधि सभा निर्वाचनमा पराजित भएयता नेतृ चौधरी अचारको व्यापारमा लागेकी छिन् । केही महिनायता विभिन्न प्रकारका अचारको व्यवसायमा लागेकी चौधरीले आइतबार पार्टी अध्यक्ष ओलीको निवास बालकोटमा गएर अचार बेचेकी कृषि सूचनाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖