• Saturday 17th of October 2026

रौतहटमा ४ किलो गाँजासहित १ जना पक्राउ


  • धनकुटा खबर
  • .

रौतहट । रौतहटको गुजरा नगरपालिकास्थित ४ मा किलोग्राम गाँजासहित एकजना पक्राउ परेका छन्। बारा करैयामाई गाउँपालिका १ हरैया टोलका ३५ वर्षीय हबीब अन्सारी गाँजासहित पक्राउ परेका हुन् ।

गुजरा ४ लाल बकैया नदीको बाँधमा आइतवार दिउँसो जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हरिनगरको संयुक्त टोलीले चेकजाँचको क्रममा पैदल यात्री अन्सारीको झोलाबाट ४ किलोग्राम लागुऔषध गाँजा बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

पक्राउ परेका अन्सारीलाई गाँजासहित इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरको हिरासतमा राखिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖