काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरे संसद् चल्न नदिने बताएका छन् ।
आज (आइतबार) मिटरब्याज पीडितहरुको आन्दोलनमा समर्थन जनाउन पुगेका लिङ्देनले यस्तो उद्घोष गरेका हुन् ।