• Saturday 17th of October 2026

एमाले नेता नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ फागुन । अस्वस्थ भएर मेडिसिटी अस्पतालमा उपचाररत एमाले नेता वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा सुधार भैरहेको छ ।

एमाले नेता शेरधन राईले आज अस्पताल पुगेर नेम्वाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले नेम्वाङसँगको तस्विर सेयर गर्दै फेशबुकमा लेखेका छन्–‘नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य तथा प्रतिनिधीसभाका सदस्य पुर्ब मन्त्री माननीय वसन्त कुमार नेम्वाङको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको कुरा अहिले भर्खरै मेडिसिटी अस्पतालमा प्रत्यक्ष रुपमा भेटेर थाहा पाउँदा खुसी लागको छ । म वहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖