• Saturday 17th of October 2026

गोमालाभ सापकोटालाई सांसदबाट हटाउन जनमतले लेख्यो संसद् सचिवालयलाई पत्र


  • धनकुटा खबर
  • .

काठमाडौं,१४ फागुन । जनमत पार्टीले समानुपातिक सांसद गोमालाभ सापकोटालाई पदबाट हटाउने भएको छ । सापकोटालाई पदबाट हटाउन संघीय संसद् सचिवालयलाई पत्रचार गरेको हो ।

पार्टीको विधानविपरीत कार्य गरेको भन्दै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट साधारण सदस्यसमेत नरहने गरी सांसद लाभलाई कारबाही गरिएको जनमत पार्टीले जनाएको छ ।

केन्द्रीय कार्यकारिणी समितिले सांसद लाभलाई कारबाही गरी पार्टीबाट निष्कासित गरिसकेको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम उनलाई पदबाट हटाउन संसद सचिवालयलाई पत्राचार गरेको हो ।

सोही ऐनको दफा ३८ (२) ले तोकेको प्रक्रियाबमोजिम सम्बन्धित सदन वा सभामा पेस गर्न पनि जनमतले आग्रह गरेको छ । पार्टी अध्यक्ष डा। सीके राउतद्वारा हस्ताक्षरित उक्त पत्रमा सांसद लाभले पार्टीको विधानविपरीत कार्य गरेको भन्दै कारबाही गरिएको पार्टीबाट समेत निष्कासित गरेको उल्लेख छ ।

‘उपरोक्त सम्बन्धमा जनमत पार्टी तर्फबाट समानुपातिकबाट निर्वाचित मा गोमालाभ सापकोटामाथि पार्टीको विधान बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट कारबाही भई जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको हुँदा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम यो सूचना पेश गरेका छौं । ऐ। दफा ३८ (२) ले तोकेको प्रक्रिया बमोजिम सम्बन्धित सदन वा सभामा समेत पेश गर्न हुन अनुरोध छ। जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय यसैसाथ पेश गरिएको छ ।’ अध्यक्ष डा सीके राउतले संसद सचिवालयमा पठाएको पत्रमा भिनएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖