• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

महिला क्रिकेटरको नयाँ वर्गीकरण: इन्दु,रुबिना र सीतालाई मासिक ५० हजार,अन्यलाई कति ?


  • धनकुटा खबर
  • .

काठमाडौं,१४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला क्रिकेट खेलाडीको सेन्टर कन्ट्र्याक्ट सार्वजनिक गरेको छ । क्यानको बैठकले पुरुषतर्फ ३० जना खेलाडीलाई सेन्टर कन्ट्र्याक्टमा समेटेको छ भने महिलातर्फ १९ जना छन् ।

क्यानले सोमबार सार्वजनिक गरेको १९ जना महिला क्रिकेटरहरूको नयाँ वर्गीकरणअनुसार ३ जना खेलाडीहरू ग्रेड ‘ए’मा परेका छन्।

जसअनुसार ग्रेड ‘ए’ मा इन्दु बर्मा, रुबिना क्षत्री र सीता राना मगर परेका छन्।

क्यानका अनुसार ग्रेड ‘ए’ मा पर्ने महिला खेलाडीहरूलाई मासिक ५० हजार रुपैयाँ तलब दिइने भएको छ।

क्यानले सार्वजनिक गरेको नयाँ वर्गीकरण अनुसार ग्रेड ‘बी’ मा परेका खेलाडीहरूलाई मासिक ३५ हजार तलब दिइने भएको छ।

ग्रेड ‘सी’ मा पर्ने खेलाडीहरूलाई क्यानले मासिक ३० हजार रुपैयाँ, ग्रेड ‘डी’ मा पर्नेलाई मासिक २५ हजार र इमर्जिङ क्याटागोरीमा पर्ने खेलाडीलाई मासिक २० हजार तलब दिने निर्णय पनि क्यानले गरेको छ।

को कुन ग्रेडमा ?

ग्रेड ‘ए’- इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर
ग्रेड ‘बी’- कविता कुँवर
ग्रेड ‘सी’- पूजा महतो, अश्मिना कर्माचार्य
ग्रेड ‘डी’- अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल

इमर्जिङ क्याटोगरी- सोनी पाख्रिन, खुशी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुवि पोदार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का,सना प्रविन।

महिलातर्फ ग्रेड ए ले ५० हजार, ग्रेड बी ले मासिक ३५ हजार, ग्रेड सी ले मासिक ३० हजार , ग्रेड डी ले मासिक २५ हजार र इमर्जिङले मासिक २० हजार तलब पाउनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖