काठमाडौं,१४ फागुन । इलाम २ र बझाङ १ को (ख) मा हुन लागेको उपनिर्वाचनका लागि चैत २४ गते मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम तय गरेको हो ।
निर्वाचन आयोगले आइतबार आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
१५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।
इलाम २ मा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र बझाङ १ ख बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि सो क्षेत्र रिक्त रहेका थिए ।
