• Saturday 17th of October 2026

निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरे आन्दोलनकारी, ४९ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेकाे आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।

संसद भवनमा प्रवेश गरेकाे आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।

निषेधित क्षेत्र तोड्न खोज्नेहरु लघुवित्त प्रभावित हुन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖