• Saturday 17th of October 2026

संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन, सुरक्षा युनिट परिवर्तन


  • धनकुटा खबर
  • .

काठमाडौं । लघुवित्त ऋणीहरू निषेधित क्षेत्र तोडेर संसद भवन परिसरमा छिरेको विषय अध्ययन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रहरी हेडक्वार्टरले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे सम्मिलित छानबिन समिति गठन गरेको हो ।

संसद भवनको सुरक्षा व्यवस्थाबारे चिन्ता व्यक्त गर्दै सभामुख देवराज घिमिरेले आईजीपी वसन्त कुँवरलाई फोन गरेका थिए । सोक्रममा कुँवरले छानबिन समिति गठनको जानकारी दिएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले नेपाल प्रेसलाई बताए ।

संसद भवन सुरक्षार्थ खटाइएको टोलीसमेत परिवर्तन गरिएको कुँवरले सभामुखलाई बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖