• Saturday 17th of October 2026

केपी ओली इटहरी जाने कार्यक्रममा किचलो : मेयर पौडेलले गरे कार्यक्रम स्थगित


  • धनकुटा खबर
  • .

इटहरी । इटहरीको कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ । कार्यक्रम स्थगित भएपछि इटहरीमा किचलो सुरु भएको हो ।

इटहरी उपमहानगरपालिका वडा नं ४ मा रहेको नवनिर्मित भवनको उद्घाटन फाल्गुण १६ गते पूर्व प्रधानमन्त्री एवं प्रतिनिधिसभाका विपक्षी दलका नेता खड्गप्रसाद ओलीले गर्ने कार्यक्रम स्थगित भएसँगै नेकपा एमालेले केपी ओलीलाई ल्याएर कार्यक्रम गर्ने सामाजिक सन्जालमा बताउँदै आएको छ ।

आगामी फाल्गुन १६ गतेका लागि तय भएको भवन समुद्घाटन कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओली इटहरी आउने खबरले अत्यन्त हर्षित एवं उत्साहित हुँदाहुँदै उक्त कार्यक्रमलाई सभ्य,भव्य,अनुसासित र मर्यादित बनाउन तत्काललाई स्थगित भएको हो ।

मुलुकको प्रधानमन्त्री भइसकेको राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली उपस्थिति भएको व्यक्तित्व इटहरी आउनु समग्र इटहरीकै लागि उत्साहको विषय भएको तर कार्यक्रम व्यवस्थापनको आवश्यक तयारी गर्न समय नभएपछि कार्यक्रम न स्थगित भएको इटहरी उपमहानगरपालिकाको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖