• Saturday 17th of October 2026

शाखा अधिकृतको नतिजा सार्वजनिक, दोस्रो चरणका लागि ९ हजार २९३ जना छनोट


  • धनकुटा खबर
  • .

काठमाडौं। लोकसेवा आयोग कमलपोखरी कार्यालयले गत माघमा लिएको शाखा अधिकृत (अप्राविधिकतर्फ) को नतिजा सार्वजनिक गरेको छ। आयोगले मंगलबार शाखा अधिकृतको पहिलो चरणको नतिजा सार्वजनिक गरेको हो।

माघ २७ मा भएको परीक्षामा २१ हजार २७ जना सहभागी थिए। यीमध्ये ९ हजार २९३ जना पहिलो चरणको परीक्षामा सफल भएका छन्। परीक्षार्थीले दोस्रो चरणका लागि हाल भएकै प्रवेशपत्र प्रयोग गर्नुपर्ने लोक सेवा आयोगको सूचनामा उल्लेख छ।

दोस्रो चरणको परीक्षा ७ प्रदेशका धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयबाट तोकिनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖