• Saturday 17th of October 2026

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा


  • धनकुटा खबर
  • .

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका कोषाध्यक्ष गगन पुरीले जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

झापाको बालुवाटार जग्गा प्रकरणमा अख्तियारले अभियुक्त बनाएपछि पुरीले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियालाई मुद्दा दायर गरेको थियो ।

२८ माघमा विशेष अदालतले पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖