काठमाडौं । प्रभु बैंक वरिष्ठ डेपुटी सिइओ मनोज न्यौपानेसहित केही बैंकहरुलाई हतकडी लागेपछि त्यसले विनोद चौधरीको मुख्य लगानी रहेको नविल बैंक तरंगित बनेको छ । यो बैंकका डेपुटी सिइओ मनोज ज्ञवाली यसरी नै हतकडी लगाउने हो भने सबै बैंकर जेल जानुपर्ने भन्दै बिलौना गर्न थालेका हुन् । ज्ञवालीको स्टाटसपछि नाम नबताउने शर्तमा एक चर्चित बैंकरले ग्यालेक्सीखबर डटकमसँग कुरा गर्दै ज्ञवाली पनि यस्तै प्रकरणमा फस्न सक्ने सम्भावना प्रबल रहेको र त्यसैबाट जोगिन उनले यो लेखेको बताएका छन् ।
यस्ता छन् डिसिओ ज्ञवालीले सामाजिक सञ्जालमार्फत पोखेका बिलौना ।
समाचारहरुमा देखे पढे अनुसार असुल्नु पर्ने ऋण भन्दा धितो कम भएकाले कर्जा दुरुपयोग अभियोगमा ११ जना बैंकरलाई सीआईबी ले समात्यो रे!!
कुनै बैंकले प्रवाह गरेको कर्जा खÞराब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिंग कसुर लगाउने अनि च्ः देखि सीईओ÷बोर्ड सम्मलाई हथकड़ी लगाउने हो भने छ महिना मात्र कर्पोरेट÷इन्फ्रा मा कर्जा दिन बसेका कुनै बैंकर जेल बाहिर हुदैनन । जसलाई मन लाग्छ, एक हप्ता फÞाईल खोजेर टप्प टिपेर जेल हाले हुन्छ।
कर्जा प्रवाह गर्दा व्याक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बेईमानी गर्ने बैंकरलाई नागरिकको पैसामा बदमासी गरेको अपराध मा हदैसम्मको कारबाही हुनुपर्दछ तर सामान्य बैकिंग अभ्यास सम्म नबुझि कुनै पेशाकर्मीलाई दुःख दीनु गÞलत हो। रिसिवी साध्न, दुःख दिने नियतले गरिएको कर्म हो वा बैकिंग नबुझि गरेको काम हो भने म खेद प्रकट गर्छु । जहांसम्म तुलसीराम गौतम जस्ता बैंकरले बदमासी गरेको चार्ज बैकिंग सेक्टरलाई पत्याउन मुस्किल छ। अरु बैकरहरु को बारेमा म जानकार हुन सकिन तर मनोज, दिपेश र राजेश ले घुस खाए, बेईमानी गरे भनेर पत्याउन म सक्दिन । यस पुर्व द्यइप् का सीईओ लाई यसै दुःख दिईयो । बदमासी छैन भने साथीहरुले उन्मुक्ति पाउछन नै तर यसका लागी पनि सेटिंग कति मिलाउनु पर्ने हो? उनीहरुले भोगेको मानसिक तनाव को क्षतिपूर्ति कसरी हुन्छ? के बैकहरुले अब रियलेस्टेट र घर कर्जा वा मार्जिन लैण्डिंग मात्र गर्ने हो? धेरै प्रश्न आईरहे ।
नोटः घर कर्जा, व्याक्तिगत कर्जा, रियलस्टेट कर्जा प्रवाह गर्दा घर जग्गा धितो मूल्यांकन गराई धितो को ५०% देखि ७०% सम्म दिन मिल्दछ तर व्यावसायिक कर्जा÷ कर्पोरेट कर्जा÷ इन्फÞ्रास्ट्रक्चर कर्जा प्रवाह गर्दा क्तयअप, च्भअभष्खबभि र परियोजनको लागतको आधारमा प्रवाह गर्न मिल्दछ, यस्तो कर्जामा धितो भनेको उक्त परियोजना , स्टॉक र चभअभष्खबदभि मात्रै पनि हुन सक्दछ । संसारभरको बैंकिंग प्राक्टिस यही हो ।
जय होस!
