• Sunday 18th of October 2026

लोसपा छोडेर आन्दोलनमा उत्रिएका राजेन्द्र महतो प्रहरी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महतोसहितका नेताहरूले बुधबार काठमाडौँस्थित माइतीघर मण्डलको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लछारपछार पारेको हो।

आन्दोलनमा सहभागी एक नेताका अनुसार महतोलाई प्रहरीले घेरा हालेर माइतीघर मण्डलामै राखेको छ । प्रहरीको लाठी प्रहारबाट महतो सहितका अभियानका केही नेताहरू घाइते भएको एक नेताले जानकारी दिए।

भृकुटीमण्डपबाट निस्किएको र्‍याली माइतीघर मण्डल पुगेको थियो। महतोले गत फागुन १४ गते लोसपा त्याग गरेका हुन्। उनी लोसपाको वरिष्ठ नेता थिए।

६ महिना नाकाजाम गर्दा पनि मधेसले आफ्ना माग पूरा गराउन नसकेको भन्दै अलग्गै आन्दोलनको घोषणा गरेका छन्। उनले पछाडि पारिएको मधेसी, मुस्लिम, आदिवासी, जनजाति समेटेर राष्ट्रिय मुक्ति आन्दोलन गर्ने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖