काठमाडौं : आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ३७५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
