• Sunday 18th of October 2026

सगरमाथा क्षेत्रलाई आधार बनाएर विराटनगर–लुक्ला माउन्टेन उडान शुरू हुन्छः मुख्यमन्त्री कार्की


  • धनकुटा खबर
  • .

सल्लेरी–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरबाट माउन्टेन उडान गर्ने बताएका छन् । बिहीवार एउटा कुराकानीमा उनले उनले सगरमाथा क्षेत्रलाई आधार बनाएर विराटनगर–लुक्ला माउन्टेन उडान शुरू गर्ने बताएका हुन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगरबाट माउन्टेन उडान शुरू गर्ने योजना छिट्टै कार्यान्वयनमा आउने उनले बताए । ‘खुम्बु क्षेत्र सङ्घीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग बिरानो भएको छ,’ उनले भने, ‘यसलाई समाधान गर्न हामी गम्भीर छौँ । केही महिनाभित्रै विराटनगरबाट उडान गर्ने तयारी गरिरहेका छौँ ।’

सगरमाथा क्षेत्रलाई उपयोग गरे पनि यसको संवर्द्धन गर्न राज्यले नसकेको मुख्यमन्त्री कार्कीको भनाइ थियो । खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारिख ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र पुग्ने उनले जानकारी दिए । प्रदेशमा अवस्थित विश्वको शिरलाई प्रवर्द्धन गर्न प्रदेश सरकार सदैव तयार रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖