• Sunday 18th of October 2026

घरबाट हराएको २१ औं दिनमा सेती नदी किनारमा तेजराज ओझा मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडाैं / घरबाट हराएको २१ औं दिनमा सेती नदी किनारमा पोखरा-३० का तेजराज ओझा मृत फेला परेका छन् ।

सेती नदी किनार (गगनगौंडा तल )मा उनको शव सडेको अवस्थामा फेला परेको हो । उनका २ छोरी छन् । दुई छोरी मध्य १ छोरी स्मृती ओझाले बुवा हराएको भन्दै सामाजिक सँन्जालमा खोजिदिन भन्दै अपिल गरेकी थिईन ।

माघ २५ गते घरबाट ‘मर्निङ वाक’मा निस्किएका ओझा नफर्केपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत आग्रह गरेको थियो । पोखरा र आसपासका सहरमासमेत खोजी गर्दा पनि नभेटिएका ओझा सेतीमा फेला परेको र बिहीबारै अन्ति दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार सेतीको बाँध खोल्नु अगाडि नै ओझाको शव फेला परेको कास्की प्रहरी कार्यालयका प्रहरी निरीक्षण सूर्य रानाले जानकारी दिए । ओझाको मृत्युको कारणबारे अझै खुल्न नसकेको प्रहरीको भनाइ छ ।ओझा लामो समयमा भारतमा नोकरी गरेर फर्केका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖