• Sunday 18th of October 2026

गृहमन्त्री भन्छन्- बाँसबारीको जग्गा राज्यकै नाममा आउँछ, सहकारी ठगलाई पनि छाड्दैनौँ


  • धनकुटा खबर
  • .

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा राज्यकै नाममा आउने दाबी गरेका छन्।
गृहमन्त्रीसँग संवृद्धि र सुशासनका कुरा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पहुँचवाला मान्छेले जे गर्दा पनि हुन्छ भन्ने भाष्य सरकारले चिर्ने जिकिर गरे।

उनले भने, पहुँचवाला मान्छेहरूले जे गरे पनि हुने भइसकेको थियो, राजनीतिक नेतृत्व, ब्युरोक्रेसीका उच्च तहका मान्छे र राजनीतिमा पहुँच भएका सम्पत्तिशाली मान्छे भएपछि जे पनि गर्न पाइन्छ भन्ने भयो देशमा। हामीले त्यो कुरा खण्डित गर्नुपर्छ। ललिता निवास पनि त्यो एउटा प्रक्रिया हो। त्यसपछि अरू पनि घटना देखिएको छ। सुन तस्करीलाई कारबाही गर्ने प्रक्रिया। बाँसबारी जग्गाको प्रक्रिया अघि बढाइसकेका छौँ। मलाई व्यक्तिबारे केही भन्नु छैन। त्यो जग्गा राज्यकै नाममा आउँछ भन्नेमा विश्वस्त छु। हामीले त्यो प्रक्रिया अघि बढाएका छौँ।

उनले सहकारी ठगकोविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै हरेक क्षेत्रमा सुधार गर्नुपर्ने बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖