• Sunday 18th of October 2026

पैसाका लागि विदेशिनुपर्ने अवस्था परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पैसाका लागि विदेशिनुपर्ने अवस्था परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई सम्बोधन गर्दै शान्तिका लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्ने नेपाली विदेशीने अवस्था परिवर्तन गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘गौतमबुद्धको देशमा जन्मेका हामी शान्तिका लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्नुपर्छ ।’

उनले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । प्रधानमन्त्रीले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकूल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताए।

‘गुरूकूल वेदविद्याश्रमबाट उत्पादित जनशक्ति धर्मसंस्कार, संस्कृतिको संरक्षण, सम्वद्र्धन, आफ्नो देशका तीर्थस्थलको महिमा र गरिमालाई आमजनसमुदायमा बुझाउन तल्लीन रहेका छन्’, प्रधानमन्त्री दाहालले भने।

भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जबसम्म आध्यात्मिक चेतनाको विकास गर्न सक्दैन तबसम्म समाजले शान्तिको श्वास फेर्न नसक्ने प्रधानमन्त्रीले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖