• Sunday 18th of October 2026

ओलीलाई स्वागत गर्न तयार पारेको १५१ किलोको माला विष्णु पौडेललाई


  • धनकुटा खबर
  • .

काठमाडौँ : नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई जनकपुरधाममा १ सय ५१ किलोको मालाले स्वागत गरिएको छ।

धनुषाको महेन्द्रनगरमा भएको राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी हुन आएका पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताले १ सय ५१ किलोको माला लगाएर स्वागत गरेका हुन्।

अध्यक्ष केपी शर्मा ओली समापन समारोहमा आउने कार्यक्रम थियो। तर ओली नआएपछि कार्यक्रममा सहभागी हुन पौडेल आएका छन्। अध्यक्ष ओलीलाई स्वागत गर्न तयार पारिएको माला उपाध्यक्ष पौडेललाई लगाइएको धनुषा अध्यक्ष राजकिशोर यादवले बताए।

पार्टीको जनकपुरधाम उपमहानगरपालिका कमिटीले ओलीलाई स्वगतका लागि उक्त माला तयार पारेर विमानस्थल पुर्‍याएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖