• Sunday 18th of October 2026

प्रधानमन्त्री दाहालले गरे देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल


  • धनकुटा खबर
  • .

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

आइतबार विहान प्रधानमन्त्री दाहालले देउवा र ओलीसँग छुट्टा छुट्टै छलफल गरेका हुनु। शीर्ष नेताहरुबीचको छलफलमा संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दलहरुबीच संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा सहमति बनिसकेको छैन। सरकारले सहमति नबने बहुमतीय प्रणालीमार्फत भएपनि संक्रमणकालीन न्यायलाई टुंग्याउने बताइरहेको छ। तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने सहमतिबाटै यो विषय टुंग्याउनु पर्ने अडानमा छ।

मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक (आर्बिट्ररी) गरिएको हत्या/दोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा कुरा मिलेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖