• Sunday 18th of October 2026

गृहमन्त्री बनाउने जिम्मा ओलीलाई


  • धनकुटा खबर
  • .

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री कसलाई बनाउने भन्ने जिम्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन्।

गृहमन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेले अडान नछाडेपछि प्रधानमन्त्रीले गृहमन्त्रीको टुंगो लगाउने जिम्मा ओलीलाई दिएका हुन्। प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको छलफल उदृत गर्दै बालुवाटार स्रोतले भन्यो,’गृहमन्त्रालय तपाईंहरू (एमाले) को भागमा हो। तपाईं आफै राख्नु हु्न्छ अथवा रास्वपालाई दिनुहुन्छ । त्यसको निर्णय तपाईं आफै गर्नुहोस्।’

प्रधानमन्त्री दाहालले आफ्नो पार्टीले अर्थमन्त्रालय लिने अध्यक्ष ओलीलाई भनेका थिए। कांग्रेससँगको गठबन्धन भत्किएसँगै नयाँ सत्ता समीकरण बनेको छ। नयाँ समीकरणमा एमाले,माओवादी,रास्वपा र जसपा सहभागी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖