• Monday 19th of October 2026

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ १५ लाख धरौटीमा रिहा


  • धनकुटा खबर
  • .

काठमाडौं,५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका विदेश सल्लाहकार जीवन गुरुङ रिहा भएका छन् । उनी १५ लाख धरौटीमा रिहा भएका हुन् ।

विभिन समयमा त्रिभुवन विमानस्थलबाट बरामद भएको १३८ किलो सुन प्रकरणमा जोडिएका गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दायर भएको थियो ।

१ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो बमोजिम जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित मुद्दा दायर भएकोमा आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरूङलाई १५ लाख धरौटी माग गरेको थियो।

उक्त धरौटी बुझाएर गुरूङ छुटिसकेका छन्।

सुन तस्करी प्रकरणमा यसअघि ९ जना विरुद्ध मुद्दा दायर भईसकेको छ । मुद्दा दायर भएका मध्ये ७ जना पुपर्क्षका लागि थुनामा छन् भने २ जना फरार छन् ।

गुरुङ काठमाडौंको डिल्लीबजारमा रहेको प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् । उनलाई सुन प्रकरणमा जोडिएको पाएपछि सीआईबीले गत फागुन १४ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖