• Monday 19th of October 2026

भैरहवा विमानस्थलमा विप्लवसँग महराको जम्काभेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ पछि काठमाडौँ ल्याइएको छ । रुपन्देहीबाट पक्राउ परेका उनलाई प्रहरीले यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याइएको हो ।

जसअनुसार प्रहरी नियन्त्रणमा रहेका महराको भैरहवा विमानस्थलमा नेकपाका महासचिव विप्लवसँग जम्काभेट भएको छ । विप्लव जिल्लाका कार्यक्रम सकेर काठमाडौँ आउन लागेका र प्रहरी नियन्त्रणमा रहेका महरासँग उनको जम्काभेट भएको हो । सो क्रममा विप्लवले महराबारे चासो समेत राखेका थिए । महरा र विप्लव विगतमा एकै पार्टीमा थिए भने उनीहरुबीच गुरुचेलाको सम्बन्ध छ ।

विप्लवको सचिवालयका अडिगबहादुर बोगटीले महरा र विप्लव बिच विमानस्थलमा जम्काभेट भएको पुष्टि गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖