• Monday 19th of October 2026

हराइरहेका युवक विराटनगरको होटलमा झुण्डिएको अवस्थामा मृत


  • धनकुटा खबर
  • .

बिराटनगर / बिराटनगरकाे एक होटलमा एक पुरुष मृत भेटिएका छन् । विराटनगर महानगरपालिका– ९ मा रहेको होटल रोयल किचनको कोठामा क्षितिज घिमिरे मृत भेटिएका हुन् ।

उनी सोमबारबाट हराइरहेका थिए । हराएको छोरा खोजी गरिदिन भन्दै बुबाले सोमबार बेलुका मात्रै प्रहरीलाई खबर गरेका थिए । घिमिरेको खोजी गर्ने क्रममा आज बिहान होटलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।

उनका अनुसार होटलको कोठा नम्बर १०९ मा घिमिरे झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनी सोमबार नै होटलमा आएको देखिएको उनले बताए ।

‘हराएको सूचनापछि खोजी भइरहेको थियो, आज होटल अगाडि राखिएको मोटरसाइकल बुबाले चिनेपछि खोजी गर्ने क्रममा मृत भेटिए,’ दाहालले भने,‘ घटनाको थप अनुसन्धान हुँदैछ ।’ प्रहरीका अनुसार मृत घिमिरले सिटिजन्स बैंकका कर्मचारी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖