• Monday 19th of October 2026

गृहमन्त्रीको बारेमा प्रधानमन्त्रीले सदनमा झूटो बोल्नुभयो : शेखर


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीको जवाफ झूटो भएको जिकिर गरेका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका विषयमा झूटो बोलेको बताएका हुन् ।

आफूमाथि प्रश्नचिन्ह खडा भएपनि गृहमन्त्रीले नैतिकताका आधारमा नै राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

कोइरालाले छानबिन समितिको मागमा कांग्रेस अडिक रहेको प्रष्ट्याए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖