• Monday 19th of October 2026

बी एन्ड सी मेडिकल कलेजको सम्बन्धन विवादमा सुनुवाइ सकियो, निर्णय चैत १२ गते


  • धनकुटा खबर
  • .

काठमाडौं । वि एण्ड सी मेडिकल कलेजको सम्बन्धन विवादबारे सर्वोच्च अदालतमा परेको मुद्दामा सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय कुमार चूडाल र सांरगा सुवेदीको इजलासमा तीन दिनको लगातारको सुनुवाइपछि मंगलबार सुनुवाइ सकिएको छ । उक्त मुद्दाको सुनुवाइ सकिए पनि फैसला भने आगामी चैत १२ गतेमात्रै आउने भएको छ ।

आफूले सञ्चालन गरेको मेडिकल कलेजलाई सम्बन्धन नदिइएको भन्दै सञ्चालक दुर्गा प्रसाईँले २०७७ सालमा चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलगायतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले केही समयअघि अग्राधिकार प्रदान गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖