• Monday 19th of October 2026

१० रोपनी जग्गामा कुदृष्टि राख्छ भनी सोच्नु विकृत मानसिकताबाहेक केही होईन :विनोद चौधरी


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका नेता एवं उद्योगी विनोद चौधरीले विकृत मानसिकता राखेर बाँसबारीको जग्गा छानविन अगाडि बढाइएको बताएका छन् । आज (बिहीबार) सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले हजारौं रोपनीमा औद्योगिक ग्राम सञ्चालन गरेको व्यापारिक घरानाले १० रोपनी जग्गामा कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकता भएको बताए ।

‘देशकै एकमात्रै हजारौं रोपनीको निजी औद्योगिक ग्राम स्थापना गर्ने एकमात्रै ग्रुपले, व्यवस्थित रुपमा ८० वर्षदेखि देशभरी नै विभिन्न परियोजना गर्ने ग्रुपले १० रोपनी जग्गाको बारेमा कुनै पनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपज बाहेक केही पनि होईन,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

आफूले ४२ वर्ष अगाडि किनेको बाँसबारीजस्तो अनाकन्टार ठाउँको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाई छानविन सुरु गरिएको भन्दै उनले त्यसलाई स्टन्टको संज्ञा दिए । त्यो बेलामा पब्लिक प्राइभेट पाट्नरसिपको उत्कृष्ट मोडेलको रुपमा खडा गरिएको एउटा नविनतम् सोचलाई राजनीतिकरण गर्न खोजिएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

४२ वर्ष अगाडिको बाँसबारीको १० रोपनी जग्गाको मुल्य कति पथ्र्यो भन्ने कुरा सबैले बुझेका र त्यसमा आफ्नो कुनै कुदृष्टि नरहेको उनकाले बताए । स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने उनको भनाइ छ ।

‘मैले मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन, । उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखियो ।’

सीआईबीले उनीसँग दुई घण्टा बयान लिएको थियो । सोही जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीका भाइ अरुण चौधरी केही समयअघि पक्राउ परेका थिए । अहिले अरुण हाजिरी जमानीमा रिहा भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖