• Monday 19th of October 2026

दलित समुदायले पनि मन्त्री पाउँछ, यसै पटक नै पठाउँदैछौं : ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दलित समुदायबाट एक जना मन्त्री बनाउने बताएका छन्।

अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू सामाजिक न्याय र समानताको पक्षमा रहेको बताए।

उनले भने- महिलाहरू अहिले सशक्त भएका छन्। विभिन्न ठाउँमा जिम्मेवारी लिएका छन्। कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ। यस पटक पनि मन्त्री हुन्छ एउटा ठाउँ छ त्यहाँ। यस पटक पनि मन्त्री हुन्छ। पहिले पहिले पनि मन्त्री हुने गरेका थिए। तर, सबै जाति सबै समुदायबाट सबै सधैँ नपर्न पनि सक्छन्।

उनले पार्टी सचिवालयमा पनि एक जना दलित समुदायको सहभागिता रहेको बताए।

उनले भने- पार्टीको माथिल्लो कमिटीमा छविलाल विश्वकर्मा हुनुहुन्छ। उहाँ पटक पटक मन्त्री पनि हुनुभएको छ। अहिले सुदूरपश्चिम प्रदेश इन्चार्ज पनि हुनुहुन्छ। हाम्रो पार्टीमा साथीहरूलाई जिम्मेवारी दिने काम कुनै ध्यान पुगेको छैन भन्ने ठाउँ छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖